चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी-Sutra News

चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

काठमाडौं- चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी हुँदै छ । यसअघि चलचित्रको लागि नायक नायिकाका साथै अन्य कलाकारको लागि पनि यसरीनै खोजी र छनौट गरिएको थियो ।



२५ वर्ष देखि नेपाली फिल्म जगतमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल यस चलचित्रको निर्माता हुन् । ‘प्रेमगञ्ज’ विशुद्ध प्रेम कथामा चलचित्र हाे । मुख्य कलाकारमा नायक तेज गिरी र नायिकामा बेनिशा हमाल र सम्पदा बानियाँ रहेका छन् । सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिएका हुन् ।

फिल्मका अन्य कलाकारमा नरेश पौडेलल, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी, अन्चित ढुङ्गाना लगायतको अभिनय रहने छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने छायांकनको जिम्मा सञ्जय लामाको काँधमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट