रुसमा दैनिक २० हजार बढी कोरोना संक्रमित-Sutra News

रुसमा दैनिक २० हजार बढी कोरोना संक्रमित

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

 मस्काे- रुसमा शुक्रबार पनि २० हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।



यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । यो समेत गरी रुसमा अहिलेसम्म कोेरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

रुसको मस्को शहरमा यहाँका संक्रमित मध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रुसमा यहाँका संक्रमितहरु मध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।

त्यसैगरी गएको चौबीस घन्टा यता मात्र पनि रुसको मस्कोमा करिब ८ लाख मानिसमा भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा भाइरसकाविरुद्धमा खोप पनि लगाइएको छ । आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको थियो । शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट