भेरी अस्पतालका दुई स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’-Sutra News

भेरी अस्पतालका दुई स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

काठमाडौं- मदन भण्डारी फाउण्डेशनले २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटका स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।



पुरस्कारको राशि रु एक लाख छ । उक्त पुरस्कार यही असार १४ गते जननेता भण्डारीका ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ ।

कोभिड-१९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही संक्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेका उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए । 

समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्य कलाकार महजोडी, शहीद पार्क-हेटौँडा, मुटुरोग विशेषज्ञ भगवान कोइराला र सामाजिक अभियानकर्मी महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्रा‍.डा.सुबोध शर्मालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट