कर्णाली प्रदेशसभाका माधव नेपाल पक्षका तीन सांसद निलम्बित-Sutra News

कर्णाली प्रदेशसभाका माधव नेपाल पक्षका तीन सांसद निलम्बित

शुक्रबार, ११ असार २०७८

शुक्रबार, ११ असार २०७८

सुर्खेत- कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बनका परेका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले नेपाल पक्षका चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए ।



प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा जारी विज्ञप्ति मा भनिएको छ, ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको भनि प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार व्यहोरा जानकारी गराइन्छ ।’

 

karnalinepal.png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट