काठमाडौँ । आफूमाथि अफवाह फैलाएको भन्दै काठमाडौँमा कोठा नपाएकी सञ्चारकर्मी रुपा सुनारले ९ वटा अनलाइन मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी हालेकी छिन् ।
उनले नेपाल पाना, खबरमाला, कालापानी, इलाकापानी, मिडिया२० पोस्ट, आजको नयाँ, ग्लालेक्सी सेभेन एक्सप्रेस, साझा मिडिया र नेपाल पहरा डटकमविरूद्ध उजुरी दिएकी हुन् ।
उनले केही दिनअगाडी आफूलाई कोठा नदिएको भन्दै बबरमहलकी एउटा घरबेटी विरुद्ध मुद्दा हालेकी थिइन् । उनी अहिले रिहा भइसकेकी छन् ।