असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु-Sutra News

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु

शनिबार, १२ असार २०७८

शनिबार, १२ असार २०७८

जाजरकोटको ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ । 



स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीको भनाइ छ । 

शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको बताइएको छ । सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट