प्रचण्डको टिप्पणी – केपी ओली खस्किँदै, माधव नेपाल उदाउँदै-Sutra News

प्रचण्डको टिप्पणी – केपी ओली खस्किँदै, माधव नेपाल उदाउँदै

शनिबार, १२ असार २०७८

शनिबार, १२ असार २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली खस्किँदो नेता र वरिष्ठ नेता माधवकुमार नेपाल उदाउँदो नेता भएको टिप्पणी गरेका छन् ।



नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरूसँग गरिएको अन्तरक्रियाका क्रममा यस्तो बताएका हुन् ।

‘माधव कुमार नेपाल त अहिले ठूलो नेता बन्दै जानुभएको छ,’ प्रचण्डले भने, ‘केपी ओली दिनदिनै खस्किरहेका छन् ।’

विपक्षी गठबन्धनमा सामेल भएपछि नेता नेपाल ठूलो नेता बनेको टिप्पणी गरेका हुन् ।

‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो ।’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट