देउवाले भने- मलाई प्रधानमन्त्रीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ-Sutra News

देउवाले भने- मलाई प्रधानमन्त्रीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ

शनिबार, १२ असार २०७८

शनिबार, १२ असार २०७८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको कामप्रति असन्तुष्टि जनाएका छन् ।



उनले नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरूसँग गरिएको अन्तरक्रियाका क्रममा यस्तो बताएका हुन् ।

‘हामीले बहुमत सदस्यको हस्ताक्षर बोकेर जाँदा पनि राष्ट्रपति भण्डारीले संसद विघटन गरीन् । केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ ।’ उनले भने ।

यता नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन् ।

त्यस्तै उनले आफ्नो विपक्षी गठबन्धनलाई धोका दिन नहुनेसमेत उल्लेख गरे ।

‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो ।’ उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली खस्किँदो नेता र वरिष्ठ नेता माधवकुमार नेपाल उदाउँदो नेता भएको टिप्पणी गरेका छन् ।

‘माधव कुमार नेपाल त अहिले ठूलो नेता बन्दै जानुभएको छ,’ प्रचण्डले भने, ‘केपी ओली दिनदिनै खस्किरहेका छन् ।’

विपक्षी गठबन्धनमा सामेल भएपछि नेता नेपाल ठूलो नेता बनेको टिप्पणी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट