प्रचण्डको आक्रोश: राष्ट्रपतिको कमजोरीमा बोल्दा धम्क्याउने, हु इज केपी ओली ?-Sutra News

प्रचण्डको आक्रोश: राष्ट्रपतिको कमजोरीमा बोल्दा धम्क्याउने, हु इज केपी ओली ?

शनिबार, १२ असार २०७८

शनिबार, १२ असार २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको कमजोरीमा आफूहरु बोल्न पाउनुपर्ने बताएका छन् ।



शनिबार विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूहरु राष्ट्रपतिको कमजोरीमा बोल्दा ओलीले धम्क्याएको आरोप लगाए ।

‘राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?’ उनको प्रश्न छ ।

त्यस्तै उनले एमालेका अध्यक्ष केपी शर्मा ओली खस्किँदो नेता र वरिष्ठ नेता माधवकुमार नेपाल उदाउँदो नेता भएको टिप्पणी गरेका छन् ।

‘माधव कुमार नेपाल त अहिले ठूलो नेता बन्दै जानुभएको छ,’ प्रचण्डले भने, ‘केपी ओली दिनदिनै खस्किरहेका छन् ।’

विपक्षी गठबन्धनमा सामेल भएपछि नेता नेपाल ठूलो नेता बनेको टिप्पणी गरेका हुन् ।

‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट