काठमाडौं- योङ्ग कम्युनिस्ट लीग, नेपाल (वाईसिएल) ले मन्त्रिपरिषद्का सदस्य कृष्णगोपाल क्षेष्ठलाई तत्काल पदबाट हटाउन माग गरेको छ ।
सञ्चारकर्मी रूपा सुनारलाई दलित भएकै आधारमा कोठा भाडामा नदिने घरबेटीलाई पक्राउ गरी प्रहरी अनुसन्धान जारी रहेको अवस्थामै शिक्षा तथा स्वास्थ्य मन्त्री श्रेष्ठले छुटाएर दलितमाथि अन्याय गरेको भन्दै वाईसिएलले शनिबार एक वक्तव्य जारी गरेर राजीनामा माग गरेको हो ।
‘छुवाछुत तथा भेदभावजस्तो जघन्य अपराध र अपराधमा संलग्नलाई भोट बैंकको रूपमा लिएर मन्त्री श्रेष्ठले गरेको हर्कत अत्यन्तै निन्दनीय र आधुनिक मानव सभ्यताविरुद्ध रहेकाले उनलाई तत्काल मन्त्रिपरिषद् सदस्यबाट बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष हाम्रो संगठन जोडदार माग गर्दछ,’जारी वक्तव्यमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति