काठमाडौं- इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ को खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियाे ।
इटालीका लागि ९५ औँ मिनेटमा फेदेरिको किएसा र १०५ औँ मिनेटमा मातेओ पेसिनाले गोल गरे । अस्ट्रियाका लागि सासा कालाज्ड्जिकले ११४ औँ मिनेटमा एक गोल फर्काए ।
निर्धारित ९० मिनेटको समयमा अस्ट्रियाका मार्को अर्नाउतोविचले गोल गरेका थिए, तर उक्त गोललाई मान्यता दिइएन ।
इटालीले आगामी जुलाई २ मा हुने क्वाटरफाइनलको खेलमा आइतबार राति हुने विश्व नम्बर एक बेल्जियम र साबिक विजेता पोर्चुगलबिचको खेलको विजेतासँग खेल्ने छ ।