यी देशबीच आज युरोकपमा भिडन्त-Sutra News

यी देशबीच आज युरोकपमा भिडन्त

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

काठमाडौं- युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । नकआउट चरणअन्तर्गत हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक खेल्दैछन् । आजै दोस्रो खेलमा बेल्जियम र पोर्चुगल खेल्नेछन् ।



नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे हुनेछ भने बेल्जियम र पोर्चुगलको खेल राति १२:४५ मा हुनेछ । नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।

चेक रिपब्लिकले भने समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थन बनाएको हो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो । पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट