काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आइतबार पार्टी मुख्यालय सानेपामा बस्दै छ ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित हुने गरी पदाधिकारी बैठक दिउँसो २ बजेका लागि बोलाएका हुन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठकमा महाधिवेशनका तयारीबारे छलफल हुनेछ ।
क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीबारे छानविन भइरहेका छन् । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालिसकेको छ ।
कांग्रेसमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य पुगेका छन् । १० लाख क्रियाशील सदस्य बनाउने कांग्रेसको लक्ष्य छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
यो पनि हेर्नुहोस्