काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय स्थायी समिति बैठक बोलाएका छन् । बैठक आइतबार बिहान नौ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
नेताहरुकाअनुसार बैठकमा माधव नेपाल पक्षकालाई भने खबर गरिएको छैन । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसलालगायत पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।