उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी, प्रजिअहरूको बैठक बस्दै-Sutra News

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी, प्रजिअहरूको बैठक बस्दै

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । उपत्यकामा निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ ।



 कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप्ने तयारी भइरहेको बताइएको छ । अबको निषेधाज्ञा थप खुकुलो बनाउने तरिकाले काम भइरहेको अधिकारीहरुले बताएका छन् ।

 उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।

सार्वजनिक यातायात सञ्चालनका विषयमा समेत आजको बैठकले केही निर्णय गर्न सक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए । ‘निश्चित मापदण्ड बनाएर समर्वजनिक यातायातसमेत जोरबिजोर प्रणालीमा सञ्चाचलन गर्न सकिन्छ,’ उनले भने, ‘यसबारे विस्तृत छलफल गरी बैठकबाट नै निर्णय हुनेछ ।’

यसअघि मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर-बिजोर लागु गरिएको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट