काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी असार १६ गते बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बस्न लागेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकबारे जानकारी दिँदै उनले भने, ‘समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ मा बैठक राखिएको छ । ’
त्यस्तै उनले आफूहरु एकताको पक्षमा निरन्तर रुपमा लागेको जानकारी दिएका छन् ।