प्रतिनिधिसभा विघटनको मुद्दा- संवैधानिक इजलासमा सुनुवाइ शुरु-Sutra News

प्रतिनिधिसभा विघटनको मुद्दा- संवैधानिक इजलासमा सुनुवाइ शुरु

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघट विघटन विरुद्ध परेको रिटमा आइतबार संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।



नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

आज सुनुवाइको चौथो दिन पनि निवेदन पक्षका कानून व्यवसायीले बहस गर्ने भएका छन् । संवैधानिक इजलासले सुरुआति बहसका लागि निवेदक पक्षलाई १२ घण्टा दिएको छ । अब निवेदक पक्षको दुई घण्टा बाँकी छ ।

शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन् । त्यसविरुद्ध देउवासहित एक सय ४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ३० रिट दायर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट