संवैधानिक इजलास- केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भइसके-Sutra News

संवैधानिक इजलास- केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भइसके

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

काठमाडौँ ।  प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा आइतबार संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता सविता भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्ने आधार भएर पनि राष्ट्रपतिले संसद विघटन गर्ने वातावरण बनाइदिएको आरोप लगाएकि छन् ।



इजलासमा जारी बहसमा उनले भनिन्, ‘राष्ट्रपतिले शेर बहादुर देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको छ । १४९ जनाको हस्ताक्षर लिएर गएपछि शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुपर्थ्यो ।’

त्यस्तै विश्वासको मत नापाएछि केपी ओली प्रधानमन्त्री पदबाट मुक्त भइसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट