सुनसरीमा माइक्रोले पिकअप गाडी र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु-Sutra News

सुनसरीमा माइक्रोले पिकअप गाडी र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

सुनसरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।



आज बिहान करिब  पौने ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्व-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।

मृत्यु हुनेमा सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट