प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा आइतबार जारी बहसमा वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
देउवाले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेको हुँदा देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने उनको तर्क छ ।
‘सर्वोच्चले आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्र हुँदैन देउवालाई प्रधानमन्त्री नियुक्तिको पनि आदेश हुनुपर्छ ।’ बहसको क्रममा उनले भने ।
त्यस्तै उनले प्रधानमन्त्रीको केपी शर्मा ओलीको निर्णय रातारात सदर गरेको भन्दै राष्ट्रपतिप्रति असन्तुष्ट जनाएका छन् ।
त्यस्तै संविधानविद् तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६(५) मा जानका लागि ७६(४) लाई क्रस गर्न नमिल्ने बताएका छन् ।
नेपालको संविधानको धारा ७६(४) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनैपर्ने उनको तर्क छ ।
त्यस्तै उनले संविधानमा सबै धारा अनुसार एकै व्यक्ति प्रधानमन्त्रीमा नियुक्त हुन् नमिल्ने पनि उल्लेख गरेका छन् ।