संवैधानिक इजलास- ओलीलाई प्रधानमन्त्री पदमा बस्ने नैतिक अधिकार छैन-Sutra News

संवैधानिक इजलास- ओलीलाई प्रधानमन्त्री पदमा बस्ने नैतिक अधिकार छैन

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा आइतबार जारी बहसमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन् ।



प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री पदमा बस्न तयार नभएको भन्ने कुरालाई स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।

‘म प्रधानमन्त्री पदमा एकछिन पनि बस्न तयार छैन भन्नु भएको थियो,’ उनले भने, ‘उहाँको प्रधानमन्त्री पदमा बस्ने नैतिक अधिकार छैन ।’

अर्का वारिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

देउवाले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेको हुँदा देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने उनको तर्क छ ।

‘सर्वोच्चले आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्र हुँदैन देउवालाई प्रधानमन्त्री नियुक्तिको पनि आदेश हुनुपर्छ ।’ बहसका क्रममा उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट