छोरी जन्माउने दम्पतीलाई ५ हजार रुपैयाँ दिने निर्णय-Sutra News

छोरी जन्माउने दम्पतीलाई ५ हजार रुपैयाँ दिने निर्णय

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

काठमाडौँ । पूर्वी नवलपरासीको महिलाले नेतृत्व गरेको हुप्सेकोट गाउँपालिकाले छोरी जन्मे ५ हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको छ ।



गाउँपालिकाका अनुसार उक्त कार्यक्रमा आगामी वर्षदेखि लागू हुनेछ ।

उक्त ठाउँमा छोरी जन्मिए जन्मदर्ताका आधारमा बैंक खाता खोलेर तत्काल ५ हजार रुपैयाँ जम्मा हुने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

उक्त गाउँपालिकामा एक वर्षको अवधिमा १ सय २० छोरी जन्मन सक्ने आकलनमा ६ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट