यी नदीहरुमा बाढीको संभावना, सतर्क रहन विभागको आग्रह [नदीसहित]-Sutra News

यी नदीहरुमा बाढीको संभावना, सतर्क रहन विभागको आग्रह [नदीसहित]

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालका केही नदीहरुमा बाढी जान सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।



विभागले आज कोसी र यसका स–साना सहायक नदीमा पानीको बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान जारी गरेको छ ।

यस्तै नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ । बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, पाल्पा, दाङ, बाँके, रुकुम, रोल्पा, सल्यान, मुगु, दार्चुला, बझाङ, बैतडी र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ ।

iafmdgkdm.png

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट