

दोलखाको एक अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ ।
मदिरा सेवन गरी अस्पतालमा पुगेका केही व्यक्तिहरुले अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट गरेको एक अधिकारीले जानकारी दिए ।
कुटपिट गर्ने ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।