कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार-Sutra News

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपति चढेको हेलिकप्टरमाथि गोली प्रहार भएको छ ।



राष्ट्रपति आइभन डुकले विज्ञप्ति जारी गर्दै  भेनेजुयलाको सीमानजिकैको क्याटाटुम्बो क्षेत्रमा आफू चढेको हेलिकप्टरमा गोली हानिएको उल्लेख गरेका छन् ।

उक्त हेलिकप्टरमा राष्ट्रपतिसहित अन्य उच्च सरकारी अधिकारीहरु सवार रहेको अन्तराष्ट्रीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

डुकले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘म देशलाई जानकारी दिन चाहन्छु क्याटाटुम्बोमा प्रतिवद्धता पूरा गरेर कुकुता सहर पुग्नै लाग्दा राष्ट्रपतिको हेलिकप्टरमा आक्रमण भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट