ज्योति विकास बैंक र सिप्रदिबीच सम्झौता, टाटाका गाडी खरिद गर्दा ७० प्रतिशतसम्म लोन पाइने-Sutra News

ज्योति विकास बैंक र सिप्रदिबीच सम्झौता, टाटाका गाडी खरिद गर्दा ७० प्रतिशतसम्म लोन पाइने

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा. लि. बीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जासम्बन्धी सम्झौता भएको छ ​।



बैंकका सूचना अधिकारी रामहरी आचार्यले एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौताअन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०% सम्म कर्जा प्राप्त गर्ने बताएका छन् ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकाल​ले हस्ताक्षर गरेका थिए ।

सम्झौतापश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई  ७०% सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ​ । बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ​ ।

गुणस्तरीय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ​ ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ ​। सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा​ गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ​।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ATM वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट