तपाईं अस्पताल अवश्य जानुभएको होला अनि त्यहाँ चिकित्सकहरू अवश्यै देख्नुभएको होला । चिकित्सकले लगाएको कोट जहिलेपनि सेतो रंगको नै हुने तपाईंले याद गर्नुभएको होला ।
किन चिकित्सकले सेतो रंगको कोट लगाउँछन् त ?
सेतो कोट लामो समयदेखि नै चिकित्सकहरूको वस्त्र रहिआएको छ । खासमा चिकित्सामा साफसफाइ अत्यन्त महत्त्वपूर्ण हुन्छ । त्यसैले डाक्टरको सेतो कोट सफाइको निशानी हो । सेतो कोटमा सानो फोहोर पनि प्रस्टै देखिन्छ र
यसले अब कोट फेर्ने बेला भएको संकेत दिन्छ ।
यसबाहेक सेतो रंग स्वच्छताको प्रतीक पनि मानिन्छ । अनि यसले इमान्दारी, पवित्रता र भगवानसँगको सम्बन्धलाई पनि झल्काउँछ । चिकित्सा पेशमा इमान्दारी र स्वच्छताको महत्त्व हुन्छ र सेतो कोटले चिकित्सकहरूलाई सधैं इमान्दारी र स्वच्छतामा विचार पु–याउनुपर्छ भनी सम्झाउँछ ।
सेतो रंगको सम्बन्ध भगवानसँग पनि छ किनकि भगवानको प्रियपात्र हुन स्वच्छ र सफा हुनुपर्छ । अनि चिकित्सकलाई पृथ्वीमा भगवानको दर्जा दिइन्छ किनकि उनीहरूले हामीलाई स्वस्थ र लामो जीवन बिताउन मद्दत गर्छन् र मर्न आँटेको मानिसलाई पनि बचाइदिन्छन् ।
एजेन्सी