विवाहको कार्यक्रममा बेहुलाको जुत्ता लुकाउने कार्यक्रम निकै हाँसिमजाक र रमाइलोका लागि हुने गरेको छ । बेहुला र बेहुलीको भाइबहिनी र साथीहरुलाई जुत्ता लुकाउने समयको प्रतिक्षा हुनेगर्छ ।
तर, भारत उत्तर प्रदेशको बदायूमा जे भयो त्यसले जुत्ता लुकाउनेहरू सचेत हुनुपर्ने देखिएको छ ।
बदायूको विल्सी क्षेत्रमा विवाहका क्रममा जुत्ता चोरी भएपछि बेहुला र उसका साथी निकै निसाए । जसका कारण विवाहमा निकै ठूलो समस्या उत्पन्न भयो ।
बेहुला र उनका साथी मिलेर जुत्ता चोरी गरेको आशंकामा एक व्यक्तिलाई कुटेर हत्या गरे ।
दुलाहाका सालीहरुले जुत्ताको बदलामा रकमको माग गरेका थिए ।
प्रहरीले मृतक ४२ वर्षीय रामसरनकी पत्नीको उजुरीमा बेहुला र उनका चार साथी विरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।
प्रहरीका अनुसार विल्सी बासिन्दा सुरेन्द्र विवाहका लागि सुरजपुर गाउँमा जन्ती लिएर गएका थिए । गत बुधबार विवाहका लागि मण्डपमा बस्न जुत्ता खोले । जब विवाहको कार्यक्रम सकियो त्यसपछि उनले जुत्ता खोजे ।
जुत्ता नभएपछि बेहुला रिसाए । उसका साथीहरुले पनि हल्लाखल्ला शुरु गरे । जुत्ता राखेको स्थानमा उभिएका रामसरन माथि जुत्ता चोरिको आरोप लगाए र कुटपिट गरे । कुटपिटका कारण उनको मृत्यु भयो ।