यात्रुले बेस्सरी पादेपछि विमानको आकस्मिक अवतरण-Sutra News

यात्रुले बेस्सरी पादेपछि विमानको आकस्मिक अवतरण

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

हालै दुबईबाट नेदरल्यान्ड्सको एम्सटर्ड्याम गइरहेको एक विमान अस्ट्रियाको भिएनामा आकस्मिक अवतरण गर्नुपरेको छ ।



विमानको एक यात्रीले पादेपछि पाद बेस्सरी गनाएर अन्य यात्रुलाई गाह्रो प–यो अनि उडानकै क्रममा झगडा हुन थाल्यो ।

यो घटना ट्रान्सेभिया एयरलाइन्स एचभी६९०२ मा भएको थियो । पेटमा ग्यास भरिने समस्या भएका एक यात्रीले लगातार पादेपछि उनीसँग रहेका दुई यात्रीहरूले आपत्ति उठाए । 

पदुवा यात्रीले पाद रोक्न कोशिश नगरेको भन्दै उनीहरू रिसाएका थिए । उनीहरू विमान कर्मचारीलाई धेरैचोटि गुनासो गरेको भएपनि उक्त यात्रुले अपान वायु छोडेको छोड्यै ग–यो । 

पाद किन रोक्दैनस् भनी दुई यात्रीले उसलाई –याख–याखती पारेपछि झगडा चर्किंदै गयो र पाइलटले भियना अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उतार्ने निर्णय गरे । 

पाइलटले झगडाको बारेमा खबर गरेर प्लेन अवतरण गर्नेबित्तिकै प्रहरी विमानमा पुग्यो र तीनजनालाई प्लेनबाट निकालिदियो ।

प्रहरी प्रवक्ताले यो घटना पादिरहने एक यात्रीका कारण भएको र उसले आफूलाई नियन्त्रण गर्ने कोशिश नै नगरेको बताए ।

पदुवा यात्रीको स्थिति कस्तो छ भन्ने थाहा भएन तर उससँगै बस्ने दुई महिलाहरूलाई पनि प्लेनबाट बाहिर निकालियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट