

बालकको डुबेर मृत्यु झापाको गौरादह नगरपालिका–४ मैदान घोपामा दुई वर्षीय एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
स्थानीयवासी गोपाल भट्टराईका छोरा संयोगको पैनीको पानीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार अगाडिको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए ।
बालकका बुबाआमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा उपचारका लागि ल्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक कार्की जानकारी दिए ।