उपभोक्ता मञ्च भन्छ- अवैध रूपमा कोभिशिल्ड खोपको बिक्री वितरण गरियो (विज्ञप्तिसहित)-Sutra News

उपभोक्ता मञ्च भन्छ- अवैध रूपमा कोभिशिल्ड खोपको बिक्री वितरण गरियो (विज्ञप्तिसहित)

आइतबार, १३ असार २०७८

आइतबार, १३ असार २०७८

काठमाडौं- राष्ट्रिय उपभोक्ता मञ्चले अवैध रूपमा कोभिशिल्ड खोपको बिक्री वितरण भइरहेको जानकारी आफूलाई प्राप्त भएको जनाएको छ ।



आइतबार मञ्चले विज्ञप्ति निकाल्दै पूर्वीनाकाहरूबाट काठमाडौंलगायतका शहरी क्षेत्रमा अवैध रूपमा कोभिशिल्डको खोप भन्दै लुकीछिपी ३ हजारदेखि ५ हजार सम्ममा बिक्री वितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरूले दिएको दावी गरेको छ ।

सरकारी संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोभिशिल्ड बजारमा बिक्री भई रहेको समाचारलाई बिश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनस्वास्थ्यमाथि खेलवाड गर्दै यस्तो गम्भीर प्रकृतिको क्रियाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दोषीलाई कडा कारबाही गर्न मञ्चले माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

204203633_1855450027956682_1893859344025147207_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट