काठमाडौं- बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।
बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए ।
मेउनियरले हजार्डलाई पास उपलब्ध गराएका थिए । लुकाकु, केभिन डे बुएन र इडिन हजार्डले उत्कृष्ट पास खेलेपछि मुनियरले बल पाएका थिए । जसमा उनले थोर्गन हजार्डलाई पास दिन सफल भए ।
५८ मिनेटमा पोर्चुगलका डिएगो जोटाले पाएको अवसरमा गोल गर्न सकेनन् । रोनाल्डोले दिएको पासमा जोटाले हानेको प्रहार क्रसबारबाट बाहिरिएको थियो । अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।