काठमाडौं- चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रयाङ डि बोरको प्रशिक्षणमा रहेको नेदरल्यान्डस्लाई २-० ले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आइतबार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा सम्पन्न खेलमा खेलको ६८ औं र ८० औं मिनेटमा चेकले गोल गर्यो ।
चेकका लागि ६८ औं मिनेटमा तोमास र ८० औं मिनेटमा प्याट्रिक शिकले गोल गरे । खेलको ५५ औं मिनेटमा माथिज्स डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा सीमित भएको थियो ।