खुकुलो पारियो निषेधाज्ञा – सार्वजनिक यातायातमा जोर बिजोर, होटेल रेस्टुरेन्ट ‘टेक अवे’ मात्र-Sutra News

खुकुलो पारियो निषेधाज्ञा – सार्वजनिक यातायातमा जोर बिजोर, होटेल रेस्टुरेन्ट ‘टेक अवे’ मात्र

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञा काठमाडौँमा एक साता थपिने भएको छ ।



काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थपिए पनि सार्वजनिक यातायात भने संचालन हुने भएको छ ।

सार्वजनिक यातायात संचालनको मापदण्ड बनिरहेको र केही बेरमा सार्वजनिक गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए ।

सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न सक्ने सम्भावना रहेको छ भने होटेल रेस्टुरेन्ट बन्द रहनेछ । तर टेक अवे सेवा भने दिन पाउनेछन् ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिलो समय संक्रमणदर कम हुँदै गएको भन्दै निषेधाज्ञा बिस्तारै खुकुलो पारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट