प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध परेको रिटमाथि विपक्षका तर्फबाट संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
अहिले प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस थालेका छन् ।
हिजो आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएसँगै आज विपक्षका तर्फबाट बहस सुरु भएको हो ।