संसद विघटनको मुद्दालाई संवैधानिक इजलासमा लगिएकोमा महान्यायाधिवक्ता बडालको आपत्ति-Sutra News

संसद विघटनको मुद्दालाई संवैधानिक इजलासमा लगिएकोमा महान्यायाधिवक्ता बडालको आपत्ति

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको रिटमा सोमबार जारी बहसमा महान्यायाधिवक्ता रमेश  बडालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।



उनले संसद विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासमा किन राखियो भनेर प्रश्नसमेत गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिकाे कदम असंवैधानिक भयाे भन्न निवेदन संवैधानिक भए नभएकाे टुंगोमा पुग्नुपर्ने उनको तर्क छ । 

संसद विघटनसम्बन्धि मुद्दामा हिजो आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएसँगै आज विपक्षका तर्फबाट बहस सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट