नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा समावेश नगरी पुरानै नक्सा राखेर पाठ्यपुस्तक प्रकाशन र वितरण गरेकोप्रति आपत्ति जनाएकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले पाठ्यपुस्तकमा नयाँ नक्सा प्रकाशित नगर्नु सरकारको लापरबाही र राष्ट्रियताप्रति असंवेदनशील भएको बताएकी हुन् ।
‘लथालिङ्गे सरकारको भताभुङ्गे पारा सन्दर्भ चुच्चे नक्सा ! ओली सरकारले देशको नक्सा जस्तो संवेदनशील कुरालाई बेबास्ता गर्दै फेरि पनि सरकारी किताब मै लिपुलेक, कालपानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठयपुस्तक विद्यार्थीलाई वितरण गरेको छ ।’ उनले लेखेकी छन् ।