विपक्षी गठबन्धनको ‘अन्तरक्रिया दौड’ : सम्पादक, पत्रकारपछि आज नागरिक समाजसँग-Sutra News

विपक्षी गठबन्धनको ‘अन्तरक्रिया दौड’ : सम्पादक, पत्रकारपछि आज नागरिक समाजसँग

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

विपक्षी गठबन्धनले सोमवार नागरिक समाजसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अपराह्न २ बजे अन्तरक्रिया कार्यक्रम राखिएको हो ।



कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधवकुमार नेपाललगायत जसपा र जनमोर्चाका नेताहरू सामेल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको दोस्रोपटकको संसद विघटनको मुद्दा अदालतमा विचाराधीन छ । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि नै आक्रमण गरेको आरोप विपक्षी गठबन्धनको रहेको छ ।

बहुमत हस्ताक्षर लिएर राष्ट्रपतिनिवास पुगेको भएपनि राष्ट्रपतिले त्यसलाई वेवास्ता गरेर संसद विघटन गरेको आरोप विपक्षी गठबन्धनले शुरूदेखि नै लगाउँदै आएका छन् ।

गठबन्धनका नेताहरूले गत आसार १० गते सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए भने त्यसको २ दिनपछि राजनीतिक बीट हेर्ने पत्रकारहरूसँग अन्तरक्रिया गरे । आज उनीहरूले नागरिक समाज र बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट