ओली भन्छन् – माधव नेपाल प्रचण्डको पुच्छर हुन्-Sutra News

ओली भन्छन् – माधव नेपाल प्रचण्डको पुच्छर हुन्

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुच्छर भएको आरोप लगाएका छन् ।



मदन भण्डारी स्मृति दिवसका अवसरमा सार्वजनिक भाषण गर्दै ओलीले नेता नेपाललाई प्रचण्डको पुच्छर भएको आरोप लगाएका हुन् ।

‘माधव नेपाल प्रचण्डको पुच्छर हुन्, जनावर एकतर्फ फर्कियो भने पुच्छर अर्कोतर्फ फर्किन्छ । जनावर जता जान्छ पुच्छर त्यतै पछि लाग्छ,’ ओलीले भने ।

उनले नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ भन्दै धाक लगाएको टिप्पणी गरे ।

‘मलाई बौलाहा कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेटाएर त्यस्तो मान्छेलाई ओलीले प्रस्ताव राख्छ ? कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छ, कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको छ भन्छ ।’

उनले नेता नेपाल कांग्रेसमा प्रवेश गर्नसक्ने सम्भावनासमेत रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट