माधवप्रति ओलीको कठोर टिप्पणी : मलाई बौलाहा कुकुरले टोकेको छ र माधवलाई प्रधानमन्त्री प्रस्ताव गर्न ?-Sutra News

माधवप्रति ओलीको कठोर टिप्पणी : मलाई बौलाहा कुकुरले टोकेको छ र माधवलाई प्रधानमन्त्री प्रस्ताव गर्न ?

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्री प्रस्ताव नगरेको बताएका छन् ।



केही दिनअघि नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका थिए । त्यसको खण्डन गर्दै ओलीले आफूलाई बौलाहा कुकुरले नटोकेको टिप्पणी गरेका हुन् ।

‘मलाई बौलाहा कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेटाएर त्यस्तो मान्छेलाई ओलीले प्रस्ताव राख्छ ? कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छ, कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको छ भन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट