प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा जारी बहसमा सरकारका तर्फबाट बहस गरेका महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकले एफएम सुनेको भरमा बहस गर्न आएको आरोप लगाएका छन् ।
उनले अदालतमा आउँदा संविधान हेरेर आउनुपर्ने बताएका छन् । उनले धारा ७६ (३) बमोमिजको मौजुदा सरकारलाई मात्र जसपाले समर्थन नगरेको दाबी गरेका गरे ।
त्यस्तै उनले उपधारा (५) अनुसार प्रधानमन्त्रीमा केपी ओलीको दाबी जायज भएको उल्लेख गरेका छन् ।