प्रचण्डको काम नै होडल्ने हो, देशलाई बर्बाद बनाउने हो – ओली-Sutra News

प्रचण्डको काम नै होडल्ने हो, देशलाई बर्बाद बनाउने हो – ओली

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको काम नै बिगार्ने र भत्काउने रहेको टिप्पणी गरेका छन् ।



स्वर्गीय मदन भण्डारीको ७० औं स्मृतिसभामा बोल्दै ओलीले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

‘प्रचण्डको कामै होडल्ने हो, देशलाई बर्बाद बनाउने हो,’ ओलीले भने, ‘त्यस्ता मान्छेलाई गुरू थापेर लोकतान्त्रिक इतिहास भएका पार्टीसमेत प्रचण्डमार्गी भएको देख्दा अचम्म लाग्छ ।’

ओलीले कांग्रेससमेत प्रचण्डको पछि लागेको टिप्पणी गरे ।

उनले प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी भएको बताए । ‘प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी छ,’ उनले भने, ‘हामीले सीके राउत, विप्लवलाई यस मार्गमा ल्यायौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट