माधव नेपाल प्रचण्डको मामूली कार्यकर्ता हुन्- ओली-Sutra News

माधव नेपाल प्रचण्डको मामूली कार्यकर्ता हुन्- ओली

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले माधव कुमार नेपाललाई प्रचण्डको मामूली कार्यकर्ता भएको बताएका छन् ।



७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्री प्रस्ताव नगरेको बताएका छन् ।

केही दिनअघि नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका थिए । त्यसको खण्डन गर्दै ओलीले आफूलाई बौलाहा कुकुरले नटोकेको टिप्पणी गरेका हुन् ।

‘मलाई बौलाहा कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेटाएर त्यस्तो मान्छेलाई ओलीले प्रस्ताव राख्छ ? कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छ, कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको छ भन्छ ।’

ओलीले प्रचण्डको काम नै बिगार्ने र भत्काउने रहेको टिप्पणी गरेका छन् ।

‘प्रचण्डको कामै होडल्ने हो, देशलाई बर्बाद बनाउने हो,’ ओलीले भने, ‘त्यस्ता मान्छेलाई गुरू थापेर लोकतान्त्रिक इतिहास भएका पार्टीसमेत प्रचण्डमार्गी भएको देख्दा अचम्म लाग्छ ।’

ओलीले कांग्रेससमेत प्रचण्डको पछि लागेको टिप्पणी गरे ।

उनले प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी भएको बताए । ‘प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी छ,’ उनले भने, ‘हामीले सीके राउत, विप्लवलाई यस मार्गमा ल्यायौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट