कोरोनाको तेस्रो लहरले बालबच्चालाई असर पार्ने कुरा निराधार हो – डा. शेरबहादुर पुन [अन्तर्वार्ता]-Sutra News

कोरोनाको तेस्रो लहरले बालबच्चालाई असर पार्ने कुरा निराधार हो – डा. शेरबहादुर पुन [अन्तर्वार्ता]

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

संक्रामक रोग विशेषज्ञ  तथा  शुक्रराज  ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिर्सच युनिटका प्रमुख डाक्टर शेरबहादुर पुनले तेस्रो लहरले बालबच्चालाई असर पार्ने भनिएको कुरा निराधार रहेको बताएका छन् ।



सूत्रन्यूजसँगको अन्तर्वातामा उनले तेस्रो लहरले बालबच्चालाई बढी प्रभावित पार्ने भनिएको कुरा हल्ला मात्र भएको बताएका हुन् । 

मेडिकल विज्ञहरुले अध्ययन अनुसन्धान गरे पनि भाइरसका कुन भेरियन्टले कुन उमेर समुहलाई असर पार्छ भन्ने कुरा अहिले सम्म पुष्टि नभएको उनको दाबी छ । खोप नलगाएका प्रत्येक उमेर समूहका व्यक्ति भाइरसबाट  उत्तिकै खोजिममा रहने उनको भनाइ छ ।

डाक्टर पुनले कोरोना रोकथामका लागि खोप अनिर्वाय रहेको र खोप नै कोरोनाबाट बच्ने  निर्विकल्प उपाय भएको  जनाएका छन् । नेपालमा कोरोनाको दोस्रो लहरमा खोप लगाएका व्यक्तिमा भाइरसको प्रभाव कम भएको जनाउँदै, अधिकाश खोप नलगाएका व्यक्तिलाई भाइरसले बढी असर पारेको उनले बताएका छन् ।

dr. sherbahadur pun sutra news.jpg

हरेक उमेर समूहले समयमै खोप लगाए अगामि दिनमा हुने ठुलो मानविय क्षतिबाट बच्न सकिने उनको तर्क रहेको छ ।

त्यस्तै नेपालमा कोरोना भाइरसको  डेल्टा भेरियन्टको परिवर्तित रूप फेला परेको विषयमा भने उनले परिवर्तित रुप माउ डेल्टा भेरियन्ट भन्दा कम सक्रांमक रहेको जनाएका छन् ।

दोस्रो लहर उच्च बिन्दूमा पुगेको बेला नै डेल्टा र डेल्टा प्लस दुवै देखिएको बताउँदै डा. पुनले सय प्रतिशत संक्रमितमध्ये उन्नाइस प्रतिशतमा मात्रै डेल्टा प्लस देखिएकाले, डेल्टा प्लस कम संक्रामक रहेको अनुमान गरिएको बताए ।

यद्यपि उनले अनुसन्धानको लागि कुन उमेर समूहका व्यक्तिबाट पीसीआर नमुना संकलन गरेको भन्नेबारे प्रष्ट नहुँदा ठोस कुरा बाहिर नआएको जनाएका छन् । साथै यसका बारेमा थप अध्ययन र अनुसान्धान  गरिनुपर्ने कुरामा पनि उनले जोड दिएका छन् ।

त्यस्तै कोरोनाको तेस्रो लहर कुन समयदेखि नेपालमा देखा पर्छ भन्ने विषयमा यकिन थाहा नभएको  उनले बताएका छन् ।  भाइरसको थप परिवर्तित रूप फेला पर्दा वा मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोनाको लहर देखा पर्ने डा. पुनको भनाइ छ । साथै उनले  विश्वमा कोरोनाका धेरै भेरियन्ट भएको  हुँदा कुन भेरियन्ट कतिखेर सक्रिय हुन्छ भन्न नसकिने जनाएका छन् । भारतमा संक्रमितको संख्या बढ्न थाले नेपालले पनि थप सावधानी अपनाउनु पर्ने कुरामा उनले जोड दिएका छन् ।

कोरोना असर कहिलेसम्म यथावत रहने छ भन्नेबारे थाहा नभएको हुँदा, आगामी दिनमा सरकारले संक्रमितको उपचारका लागि अस्पतालबाहेक अस्थायी संरचना बनाउनुपर्ने र अक्सिजन लगायत औषधिको प्रयाप्तमात्रामा जोहो गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

डा. पुनसँगको विस्तृत अन्तर्वार्ता हेर्नुस् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट