प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन् ।
सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रने भएका हुन् ।
नेविसंघ, अनेरास्वयू (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी युनियन, अखिल छैंटौँलगायतका विद्यार्थी संगठनहरुले यस्तो निर्णय गरेका हुन् ।
उनीहरुले आगामी १७ गते काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने कार्यक्रम राखेका छन् ।