काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से भवनमा पाँच दलीय शीर्ष नेतृत्व र विभिन्न पेशागत क्षेत्रका बुद्धिजीवीहरुबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको दोस्रोपटकको संसद विघटनको मुद्दा अदालतमा विचाराधीन छ । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि नै आक्रमण गरेको आरोप विपक्षी गठबन्धनको रहेको छ ।
बहुमत हस्ताक्षर लिएर राष्ट्रपतिनिवास पुगेको भएपनि राष्ट्रपतिले त्यसलाई वेवास्ता गरेर संसद विघटन गरेको आरोप विपक्षी गठबन्धनले शुरूदेखि नै लगाउँदै आएका छन् ।
गठबन्धनका नेताहरूले गत आसार १० गते सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए भने त्यसको २ दिनपछि राजनीतिक बीट हेर्ने पत्रकारहरूसँग अन्तरक्रिया गरे । आज उनीहरूले नागरिक समाज र बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको हो ।