अब विदेशबाट कोरोनाको खोप लगाएर आउनेहरू सिधै घर जान पाउने, यस्तो छ नयाँ नियम [पूर्णपाठ]-Sutra News

अब विदेशबाट कोरोनाको खोप लगाएर आउनेहरू सिधै घर जान पाउने, यस्तो छ नयाँ नियम [पूर्णपाठ]

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

काठमाडौँ । सरकारले  विदेशबाट कोरोनाको खोप लगाएर स्वदेश फिर्ता भएकाहरुलाई  अब १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै घर जान दिने निर्णय गरेको छ ।



क्वरेण्टीनमा १० दिन बसेपछि उनीहरुले ११ दिनको दिन अनिवार्य रुपमा कोरोना परीक्षण गराउनुपर्ने नियममा उल्लेख छ । सेल्फ क्वरेण्टीनमा बसे नबसेको अनुगमन गरी डीसीसीएमसी र पालिकाले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई प्रतिवेदन बुझाउन पर्नेछ ।

त्यस्तै ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबा आमासमेत एन्टिजेन परीक्षण गरी घर जाने सक्नेछन् ।  तर एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने छ ।

हेर्नुहोस् पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट