आफुहरुसँग सल्लाह नगरी नतिजा प्रकाशन गरेको भन्दै विद्यार्थी संगठनद्वारा क्याम्पसमा आगजनी र तोडफोड-Sutra News

आफुहरुसँग सल्लाह नगरी नतिजा प्रकाशन गरेको भन्दै विद्यार्थी संगठनद्वारा क्याम्पसमा आगजनी र तोडफोड

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै पाटन संयुक्त क्याम्पसमा तोडफोड गरेका छन् । उनीहरुले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दीसमेत  गरेका छन् ।



लकडाउन अगाडि  बीएससी सीएसआईटी प्रवेश परीक्षाको  नयाँ नतिजा निकालेपछि विद्यार्थीहरुले विरोध गरेको क्याम्पस प्रमुखले बताए ।

विद्यार्थी संगठनले आफूहरुसँग सल्लाह नै नगरी नतिजा प्रकाशन गरेको भन्दै क्याम्पसमा आगजनी र तोडफोड गरेको एक नेताले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट