संवैधानिक इजलासमा सकियो महान्यायाधिवक्ताको बहस, भोलि नायव महान्यायाधिवक्ताले गर्ने-Sutra News

संवैधानिक इजलासमा सकियो महान्यायाधिवक्ताको बहस, भोलि नायव महान्यायाधिवक्ताले गर्ने

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज सोमबारको सुनुवाइ सकिएको छ । सरकार पक्षका   महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका छन् । 



भोलि मंगलबार नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्ने भएका छन् ।

आज संवैधानिक इजलासमा जारी बहसमा सरकारका तर्फबाट बहस गरेका  महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकले एफएम सुनेको भरमा बहस गर्न आएको आरोप लगाएका छन् ।

उनले अदालतमा आउँदा संविधान हेरेर आउनुपर्ने बताएका छन् । उनले धारा ७६ (३) बमोमिजको मौजुदा सरकारलाई मात्र जसपाले समर्थन नगरेको दाबी गरेका गरे ।

त्यस्तै उनले धारा ७६ (५) मा दलीय निर्देश हिप लाग्ने दावी गरेका छन् ।

त्यस्तै उनले उपधारा (५) अनुसार प्रधानमन्त्रीमा केपी ओलीको दाबी जायज भएको उल्लेख गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट