काठमाडौँ उपत्यकामा थप ५१४ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौँ उपत्यकामा थप ५१४ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १४ असार २०७८

सोमबार, १४ असार २०७८

काठमाडौँ– काठमाडौँ उपत्यकामा सोमबार थप ५१४ जनामा संक्रमण पुष्टि भएको छ।



जसमध्ये काठमाडौँका ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा संक्रमण पुष्टि भएको हो।

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।

सोही अवधिमा नेपालमा थप ४२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट